एमालेले फुकुवा गर्‍यो बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन

Author

सजिलो पत्रिका

२०८२ असार ११, बुधबार

43
Share
Featured
  • एमालेले बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गर्‍यो।
  • सचिवालय बैठकले कारबाही फिर्ता लिने निर्णय गर्‍यो।
  • भवन निर्माणबारे अभिव्यक्तिका कारण निलम्बन गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको पार्टी सचिवालय बैठकले उनीहरूमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, सचिवालय बैठकले दुवै नेतृको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

गत पुस १० गते बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणको विषयमा दिएको अभिव्यक्तिलाई लिएर पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको थियो। उक्त कारबाहीको अवधि पूरा हुदाँ एमालेले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...