
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई राजीनामा दिएर पार्टी जोगाउन आग्रह गरेकी छिन्। ललितपुरमा जारी नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठकको तेस्रो दिन शुक्रबार दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले 'जेनजी आन्दोलन'को एउटा मुख्य माग पार्टीहरूको पुनर्गठन पनि भएकाले एमालेमा नेतृत्व हस्तान्तरण हुनुपर्ने...