आज सबै स्थानीय तहहरुले बजेट सार्वजनिक गर्दै

Author

सजिलो पत्रिका

२०८२ असार १०, मङ्गलबार

53
Share
Featured
  • देशभरका ७५३ स्थानीय तहले आज (असार १०) भित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ।
  • हालसम्म ४० स्थानीय तहले मात्र बजेट सार्वजनिक गरिसकेका छन्, बाँकीले आज पेस गर्ने तयारी गरेका छन्।
  • स्थानीय तहको बजेटको मुख्य स्रोत संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान तथा राजस्व बाँडफाँट हुन्।
  •  समयमै बजेट नल्याउँदा अनुदान पाउनेमा समस्या आउँछ र राष्ट्रिय निकायहरूले यसलाई मूल्याङ्कनको एक सूचकका रूपमा लिने गर्छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८२,८३ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार  ७ सय ५३ पालिका मध्ये  हिजोसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ। ​ 

सङ्घबाट चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रूपमा मानिन्छ। सङ्घीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ। तर स्थानीय तहले बजेट समयमा नल्याउँदा अनुदान रकम पाउनमा समस्या देखिने गरेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनको एक सूचक मान्ने गरेको छ। 

यो समाचारमा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...