काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आमनागरिकसँग सहज सञ्चारका लागि आफ्नो ह्वाट्सएप च्यानल सुरु गरेका छन्। उनले शनिबारदेखि सामाजिक सञ्जाल ह्वाट्सएपमा आफ्नो आधिकारिक च्यानल सञ्चालनमा ल्याएका छन्।
उक्त च्यानलमा जोडिने प्रयोगकर्ताहरूले अध्यक्ष ओलीका विचार, सार्वजनिक अभिव्यक्ति, विभिन्न कार्यक्रम तथा राजनीतिक गतिविधिहरूबारे नियमित रूपमा जानकारी प्राप्त गर्नेछन्।
अध्यक्ष ओलीले आफ्नो फेसबुक पेजमार्फत एक पोस्ट गर्दै सर्वसाधारणलाई च्यानलमा जोडिन आह्वान गरेका छन। यो समाचार तयार पार्दासम्म उनको च्यानलमा ५००० भन्दा बढी सदस्यहरू जोडिएका छन्। जसले नागरिकहरूमाझ यस्ता प्रत्यक्ष सञ्चार माध्यमप्रति रहेको उत्सुकतालाई देखाउँछ।
यो कदमले नेपाली राजनीतिमा सूचना प्रवाह र जनसम्पर्कको शैलीमा आइरहेको परिवर्तनलाई थप स्पष्ट पारेको छ।