तारकेश्वर ७ मा सार्वजनिक बाटोको अवस्था दयनीय, जनप्रतिनिधि बेखबर

Author

सजिलो पत्रिका

२०८२ जेठ ०७, बुधबार

76
Share
Featured

काठमाडौँ । 

तारकेश्वर नगरपालिका वडा नं. ७ र वडा नं.१ जोड्ने आर.सी.सी. ढलान बाटो गत आर्थिक वर्षमा करिब ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको थियो। तर निर्माण भएको एक वर्ष नवित्दै उक्त बाटोको अवस्था दयनीय बनेको छ।

मनसुन सुरु हुँदै गर्दा बाटोमा उम्रिएका उतिसका विरुवा काटेर र डोजर प्रयोग गरी माटो तानेर बाटो नै जिर्ण बनाइएको छ। स्थानीयका अनुसार केही व्यक्तिहरुले आफ्नै जग्गा मिलाउने नाममा सार्वजनिक बाटो बिगारेका हुन्।

जनप्रतिनिधि भने यस घटनाप्रति बेखबर छन्। स्थानिय निकायले समयमै अनुगमन र निगरानी नगरेको भन्दै वडा नं. ७ लगायत अन्य वडाहरूमा समेत यस्तै समस्या देखिएको छ। जनताले तिरेको कर दुरुपयोग भइरहेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।

यो समाचारमा

तारकेश्वर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...