
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव विष्णुप्रसाद रिमालले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन् । बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११ औं महाधिवेशनबाट खड्गप्रसाद शर्मा ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए । ओलीको नेतृत्वमा नभई काम गर्ने तरिकामा...