अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

20
Share
Featured
  • नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको हुँदा स्वच्छ प्रतिस्पर्धा स्वाभाविक रहेको बताए।
  • उनले ११औँ महाधिवेशनमा केपी शर्मा ओली नै अध्यक्ष बन्ने दाबी गर्दै, विपक्षमा उभिनु उचित नभएको र पार्टीभित्र नीति वा नेतामा समस्या नभएको स्पष्ट पारे।
  • रिमालले महाधिवेशनको संघारमा एमालेले बाह्य चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्दै, कम्युनिष्ट पार्टीमा नेतृत्व गर्ने क्षमताको स्थापित मान्यता विकास गर्ने प्रयास भइरहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव विष्णुप्रसाद रिमालले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन् । 

बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११ औं महाधिवेशनबाट खड्गप्रसाद शर्मा ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए । 

ओलीको नेतृत्वमा नभई काम गर्ने तरिकामा असन्तुष्टि आएको भन्दै विपक्षमा उभिनु उचित नहुने उनको भनाई छ । 

उनले भने,‘दुई धारको विषयमा चुनाव लडेपनि धार एउटै हुन्छ । किनकी विचार नै फरक छैन् । पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । महाधिवेशनमा केपी ओली नै अध्यक्ष बन्नुहुन्छ  । अहिले ओलीको विपक्षमा उभिनुपर्ने कारण म देख्दिन् । विभिन्न नेताले पदमा उठ्न इच्छा व्यक्त गर्नुभएको छ त्यो पाइन्छ । नेता, नेतृत्व र नीतिमा हाम्रो समस्या होइन् । काम गर्ने तरिकामा समस्या हो भन्ने कुरा आउँछ त्यो त उचित होइन् ।’ 

त्यस्तै उनले अहिले ११ औं महाधिवेशनको संघारमा आइपुग्दापनि एमालेले बाह्य संकटहरु झेलिरहेको बताए । 

अरु पार्टीमा जस्तो लोकप्रिय भन्दापनि कम्युनिष्ट पार्टीमा नेतृत्व गर्न सक्छ भन्ने विषय एमालेमा स्थापित गर्न खोजिरहेको उनले बताए । 

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...