राजनीतिक दलहरु व्यक्तिमुखी नभई प्रणालीमुखी सुधारतर्फ जानुपर्छः उपमहासचिव ज्ञवाली

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

13
Share
Featured
  • नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कमजोर र ओरालो लागेका शक्तिहरूको एकताले देशलाई राजनीतिक निकास दिन नसक्ने बताएका छन्।
  • उनले माओवादी केन्द्रसँगको सम्भावित एकतामा आपत्ति जनाउँदै एमालेबाट अलग हुँदा समाजवादको जिम्मा लिएको उद्देश्य पूरा नभएको प्रश्न उठाए।
  • भूसालले पार्टीभित्र धैर्य राखी क्रान्तिकारी विकल्प निर्माणका लागि तयारी गर्न आह्वान गर्दै मङ्सिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गरी नयाँ कार्ययोजना बनाउने घोषणा गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव ले दलहरूले व्यक्तिमुखी भन्दा प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीतिः सच्चिँदै कि सक्किँदै दल ?’ शीर्षकमा आयोजित दोस्रो प्यानल छलफलमा बोल्दै उनले हालको राजनीतिक परिवेशमा प्रणाली सुदृढीकरण नै दीर्घकालीन समाधान हुने धारणा राखे ।

उपमहासचिव ज्ञवालीले भदौ २३ र २४ गते सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई जनताको असन्तुष्टिको संकेतका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘त्यो आन्दोलनले देखाएको स्पिडलाई दलहरूले गम्भीरतापूर्वक बुझ्नुपर्छ । हामीले व्यक्तिमा होइन, सिस्टममा सुधार ल्याउनुपर्ने आवश्यकता छ ।’

उनले शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण अंश भए पनि त्यसले हिंसात्मक रुप लिनु दुःखद पक्ष भएको बताए । उनले थपे, ‘त्यो आन्दोलन जेनजीको मात्र थिएन । शान्तिपूर्ण आन्दोलन र लोकतन्त्रप्रतिको दृढता जतिसुकै बलियो हुन्छ, समाज रूपान्तरणको यात्रा त्यति सहज हुन्छ ।’

ज्ञवालीले २३ गते अपरान्ह् र २४ गतेको दहन घटनालाई क्रान्ति वा परिवर्तनको महिमामण्डन गर्नु गलत हुने टिप्पणी गरे । उनले एमालेले अहिलेको पुस्ताको ऊर्जा र भावनालाई सकारात्मक दिशातर्फ अघि बढाउन प्रतिबद्ध भएर काम गरिरहेको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गते ठूलो संख्यामा नवयुवाहरु सडकमा निस्किए ।  सुशासन र भ्रष्टाचार नियन्त्रणको माग सहित सडकमा आए । त्यसपछि के भयो  त्यो बेग्लै कुरा हो । त्यो स्पिडलाई दलहरुले ध्यानमा राखेर हामीले व्यक्तिमा मात्र समाधान खोज्ने होइन । सबै कुरा सिस्टमले सुध्रिने हो । शान्तिपूर्ण  आन्दोलन र लोकतन्त्रममा अहिलेको पुस्ता जति दृढ हुन्छ समाजको रुपान्तरणको यात्रा त्यति सहज हुन्छ । त्यो कुरा ध्यानमा राखेर नै एमालेले काम गरिरहेको छ । २३ गते अपरान्ह् र २४ गतेको  दहनलाई क्रान्ति भनेर परिवर्तन भनेर त्यसको महिमा मण्डन गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।’

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...