नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

22
Share
Featured
  • एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा/फेसबुकजस्ता सामाजिक सञ्जाल पुनः बन्द गर्नुपर्ने र नेपालमा व्यवसाय गर्ने सबैले देशको संविधान तथा कानुन अनिवार्य रूपमा मान्नुपर्ने बताएका छन्।
  • उनले विदेशी कम्पनीहरूले नेपाललाई कमजोर सरकार र भ्रष्ट देश भनेर हेप्ने प्रवृत्तिको आलोचना गर्दै अवश्य रेगुलेशन लागू गर्नुपर्ने, ठूलो व्यवसाय गर्नेहरूले पनि अनिवार्य दर्ता हुनुपर्ने जोर दिए।
  • गुरुङ मन्त्री भएको बेला सामाजिक सञ्जाल बन्द गरिएको र जेनजी आन्दोलनपछि खुलेको उल्लेख गर्दै, धेरैले राजनीति नबुझ्ने तथा राजनीति केवल चुनाव र मन्त्री बन्ने प्रक्रियामात्र ठान्ने सोच आलोचना गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले) (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा(फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘हाम्रो देशको आफ्नो स्वाधिनता छ । रेगुलेशन अत्यन्तै आवश्यक छ । राष्ट्रिय स्वाधिनतको हिसाबले नेपालमा व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान मान्न पर्छ कि पर्दैन ? नेपालको कानुन मान्न पर्छ कि पर्दैन ? उनीहरू नेपालको संविधान मान्दिन भन्छ, नेपालको कानुन मान्दिनँ भन्छ, बन्दै गरेको कानुनको पनि डिफेम गर्छ । तेरो देशको सरकार गरिब सरकार, सानो देश, भ्रष्टाचार हुने देश भन्छ । हाम्रो आफ्नो स्वाधिनता छैन ? आफ्नो स्वाभिमान छैन ? त्यसकारण यो आज परिस्थितिले गर्दा मैले बोल्नुपर्यो । कुनै न कुनै दिन फेरि यो बन्द गर्नुपर्छ । त्यो आएन भने फेरि रेगुलेसन गर्नुपर्छ । रेगुलेसन त अत्यन्तै आवश्यक छ नि । नेपालीले नेपालमा व्यवसाय गर्दा चिया पसल खोल्दा त सिडियो कार्यालयमा दर्ता गर्नुपर्छ, उसको कम्पनी, व्यवसाय । त्यत्रो अर्बौं रुपैयाँ व्यवसाय गर्ने त्यो कम्पनी यहाँ दर्ता गर्न पर्दैन भनेर कुन नेपालीले भन्छ ? पर्दैन, पर्छ नि ।’ 

गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो । तर जेनजी आन्दोलनका कारण फेरि ती सञ्जालहरू खुला भएका थिए ।

साथै उनले सबै मान्छेले राजनीति नै नबुझेको समेत बताए । उनले धेरैले चुनाव हुन्छ, मन्त्री बन्छ, सकिन्छ यति हो राजनीति भनेर बुझेको बताए ।

यो समाचारमा

काठमाडौँप्रेस चौतारी नेपालनेपाल कम्युनिष्ट पार्टी (एमाले)फेसबुक
पृथ्वी सुब्बा गुरुङ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...