
काठमाडौँकाठमाडौँको ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक आसपासबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।प्रहरीका अनुसार ती महिलाहरू ठमेल क्षेत्रमा पुरुषहरूलाई अनावश्यक रूपमा रोकेर अश्लील गतिविधि तथा मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको पाइएको थियो। सोही आधारमा उनीहरूलाई चैत ११...