ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिला नेपालबाट डिपोर्ट

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

27
Share
Featured

काठमाडौँ

काठमाडौँको ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक आसपासबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

प्रहरीका अनुसार ती महिलाहरू ठमेल क्षेत्रमा पुरुषहरूलाई अनावश्यक रूपमा रोकेर अश्लील गतिविधि तथा मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको पाइएको थियो। सोही आधारमा उनीहरूलाई चैत ११ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

पक्राउपछि उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो। सो मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रत्येकलाई ५ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

त्यसपछि अध्यागमन ऐन अन्तर्गत थप कारबाहीका लागि उनीहरूलाई अध्यागमन विभागमा बुझाइएको थियो। विभागले उनीहरूलाई देश निकाला गर्ने निर्णय गरेपछि सबैलाई आफ्नो देश फर्काइएको छ। साथै, नेपाल प्रवेशमा समेत रोक लगाउने निर्णय गरिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानअनुसार उनीहरूलाई एक गिरोहले नेपाल ल्याएर ठमेल क्षेत्रमा यौन क्रियाकलापमा संलग्न गराएको खुलेको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...