
काठमाडौँ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काममा ढिलासुस्ती गर्ने ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। जिम्मा लिएको काम समयमै पूरा नगरेको भन्दै विभिन्न सरकारी निकायको सिफारिसमा सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई कारबाही गरिएको हो।कालो सूचीमा परेका कम्पनीहरूमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण...