११ निर्माण कम्पनी सरकारको कालो सूचीमा

Author

सजिलो पत्रिका

२०८३ जेठ १३, बुधबार

22
Share
Featured
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले काममा ढिलासुस्ती गर्ने ११ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
  • कालो सूचीमा सुनकोशी–मरिण डाइभर्सन आयोजना निर्माण गरिरहेका रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड पनि परेका छन्।
  • ती कम्पनीहरूलाई १ देखि ३ वर्षसम्म सरकारी ठेक्का तथा खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काममा ढिलासुस्ती गर्ने ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

जिम्मा लिएको काम समयमै पूरा नगरेको भन्दै विभिन्न सरकारी निकायको सिफारिसमा सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई कारबाही गरिएको हो।

कालो सूचीमा परेका कम्पनीहरूमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण गरिरहेको रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रालि समेत रहेका छन्। कार्यालयका अनुसार यी कम्पनीहरूलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ।

कालो सूचीमा रहेका अवधिभर यी निर्माण कम्पनीहरूले कुनै पनि सरकारी खरिद कारबाही वा ठेक्कापट्टामा भाग लिन पाउने छैनन्। विकास आयोजनाहरूमा हुने ढिलासुस्ती नियन्त्रण गर्न सरकारले यो कदम चालेको हो।

यो समाचारमा

सार्वजनिक खरिद अनुगमन कार्यालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...