
काठमाडौँ।साफ यु–१७ च्याम्पियनसिपमा नेपाल बिहीबार बंगलादेशसँग ४–० ले पराजित भएको छ। श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा बङ्गलादेशका लागि मोहम्मद सबिर इस्लाम, मेहम्मद ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मनिकले गोल गरे।यसअघि नेपालले पहिलो खेलमा घरेलु टिम श्रीलङ्कालाई २–० ले हराएकोले समूह ‘ए’ बाट नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना कायम छ...