साफ यु-१७ च्याम्पियनसिप: नेपाल बङ्गलादेशसँग ४-० ले पराजित

Author

सजिलो पत्रिका

२०८२ असोज ०३, शुक्रबार

17
Share
Featured
  • साफ यू–१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ४–० ले पराजित भयो, बङ्गलादेशका चार खेलाडीले गोल गरे।
  • नेपालले अघिल्लो खेलमा श्रीलङ्कालाई २–० ले हराएकाले अझै सेमिफाइनलमा पुग्ने सम्भावना कायम छ।
  • अब बङ्गलादेश र श्रीलङ्काबीचको खेलको नतिजाले नेपाल सेमिफाइनल पुग्ने–नपुग्ने टुंगो लगाउनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साफ यु–१७ च्याम्पियनसिपमा नेपाल बिहीबार बंगलादेशसँग ४–० ले पराजित भएको छ। श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा बङ्गलादेशका लागि मोहम्मद सबिर इस्लाम, मेहम्मद ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मनिकले गोल गरे।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टिम श्रीलङ्कालाई २–० ले हराएकोले समूह ‘ए’ बाट नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना कायम छ । बङ्गलादेश र श्रीलङ्काबिचको खेलले नेपालको भाग्य निर्धारण गर्ने छ।

सो खेल बङ्गलादेशले जितेमा अथवा बराबरीमा सकिएमा नेपाल अगाडि बढ्ने छ। श्रीलङ्काले जित हासिल गरेमा तिनै टिम समान अङ्कमा रहने छ। त्यसपछि गोल अन्तरका आधारमा शीर्ष दुईको चयन हुने छ।

यो समाचारमा

नेपालबंगलादेशकाठमाडौँश्रीलंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...