साफ यू-१७ महिला च्याम्पियनसिप: नेपाल भुटानसँग बराबरीमा रोकिँदै तेस्रो स्थानमा

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

27
Share
Featured
  • अन्तिम खेलमा भुटानसँग १-१ को बराबरी खेलेपछि नेपालले ६ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थान हासिल गर्‍यो।
  • प्रतियोगितामा नेपालले १ जित, १ बराबरी र ४ हार बेहोरेको छ। भारत र बंगलादेशसँग सबै खेलमा पराजित भएको थियो।
  • भारत १५ अंकसहित च्याम्पियन बन्यो, बंगलादेश १३ अंकसहित दोस्रो भयो, नेपाल तेस्रो रहँदा भुटान अंकविहीन रहँदै पुछारमा पर्‍यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालले साफ यू-१७ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा घरेलु टोली भुटानसँग १-१ गोलको बराबरी खेलेको छ। यस बराबरीसँगै नेपालले च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्दै भुटान भ्रमण टुंग्याएको छ। भुटान भने प्रतियोगिताको पुछारमा रह्यो।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलको १५औं मिनेटमा बब्टिका कार्कीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफको अन्त्यतिर सोनाम याङचेनले भुटानका लागि बराबरी गोल फर्काइन्। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो। यसअघि प्रतियोगिताको पहिलो भेटमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको थियो।

प्रतियोगिताभर नेपालले ६ खेलमध्ये १ जित, १ बराबरी र ४ हारको सामना गर्‍यो। ४ अंकसहित नेपाल तेस्रो स्थानमा रह्यो। नेपाल भारतसँग ७-० र ५-० को फराकिलो अन्तरले पराजित भएको थियो भने बंगलादेशसँग पनि ३-० र ४-१ ले पराजित भएको थियो।

आजै सम्पन्न अर्को खेलमा बंगलादेशले यसअघि नै च्याम्पियन बनिसकेको भारतलाई ४-३ ले स्तब्ध पारेको छ। भारत ६ खेलमा १५ अंक जोड्दै उपाधि विजेता बन्यो भने बंगलादेश १३ अंकसहित दोस्रो स्थानमा रह्यो।

यो समाचारमा

भुटानकाठमाडौँबंगलादेशनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...