
काठमाडौँनेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले उक्त निर्णय गरेको हो।पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार जनमतको सम्मान गर्दै कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निष्कर्षमा पुगेको हो। यस निर्णयसँगै सभामुख चयन प्रक्रिया अन्य दलहरूको प्रतिस्पर्धामा केन्द्रित हुने भएको छ।