समपूरक र विशेष अनुदानका लागि योजना आयोगले माग्यो प्रस्ताव

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

27
Share
Featured
  • राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३/८४ का संघीय समपूरक तथा विशेष अनुदानका लागि प्रदेश र स्थानीय तहबाट आयोजना प्रस्ताव मागेको छ।
  • प्रस्तावहरू २०८२ माघ मसान्तभित्र आयोगको विद्युतीय प्रणाली (csgrants.gov.np) मार्फत पेस गर्नुपर्नेछ र कार्यविधिका सबै सर्तहरू पूरा गर्नुपर्छ।
  • यसअघि अनुदान पाएर पनि अधूरा (क्रमागत) भएका आयोजनाहरूलाई पहिलो प्राथमिकता दिन प्रदेश तथा स्थानीय तहलाई निर्देश गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने आयोजनाहरूका लागि प्रस्ताव आह्वान गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै सबै प्रदेश सरकार र स्थानीय तहहरूलाई आगामी २०८२ माघ मसान्तभित्र आयोगको विद्युतीय प्रणाली (www.csgrants.gov.np) मार्फत आफ्ना आयोजना तथा कार्यक्रमहरूको प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

प्रस्ताव पेस गर्दा सम्बन्धित कार्यविधिमा उल्लेखित सर्त र प्रक्रियाहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ । प्रदेश सरकारले प्रदेश योजना आयोगको सिफारिससहित मन्त्रिपरिषद्को निर्णय र स्थानीय तहले कार्यपालिकाको निर्णयसहित प्रस्ताव पठाउनुपर्नेछ ।

आयोगले यसअघि अनुदान पाएर पनि सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर प्रस्ताव पठाउन समेत सूचित गरेको छ ।


यो समाचारमा

काठमाडौँराष्ट्रिय योजना आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...