
काठमाडौँमधेश प्रदेश सरकारद्वारा स्थानीय तहलाई वितरण गरिएको सशर्त तथा विशेष अनुदानमा भएको भनिएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन आगलागीमा नष्ट भएपछि कारबाही प्रक्रिया अन्योलमा परेको छ।जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयमा भएको आगजनीमा उक्त प्रतिवेदनसमेत जलेर नष्ट भएको बताइएको छ। आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहलाई वितरण गरिएको अनुदान तथा रकमान्तर प्रक्रियामा व्यापक...