मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

24
Share
Featured
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदलाई सम्मान गर्न ससम्मान मधेश रत्न प्रदान गर्ने पहिलो निर्णय गरेका छन्।
  • जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेश भवन भित्रै अस्थायी कार्यालय स्थापना गरी यादवले पदभार ग्रहण गरेका हुन्।
  • पदभार ग्रहणको क्रममा मधेश भवन बाहिर विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले नाराबाजी र प्रदर्शन गरेका थिए, जसमा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप पनि भएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् । 

देशमा संघीयता स्थापना गर्न शहीदहरुको भूमिका सबैभन्दा माथि रहेको भन्दै उनले शहीदका परिवारलाई ससम्मान मधेश रत्नले सम्मानित गर्ने बताए ।

निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएदेखि यादवले पदभार ग्रहण गरेका थिएनन् । 

जेन–जी आन्दोलन “नेपो किड”मा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेश भवन भित्रै मुख्यमन्त्रीका लागि अस्थायी कार्यालय स्थापना गरिएको छ । 

मुख्यमन्त्री यादवले आज विहानसम्म आफूले प्रदेशका सचिवलाई पहिलाकै मुख्यमन्त्री कार्यालयमा मर्मत सम्हार गरी कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । तर आज बेलुका मुख्यमन्त्री यादवले मधेश भवन भित्रै तत्कालका लागि बनाइएको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहेका बेला मधेश भवन बाहिर विरोध प्रदर्शन र नाराबाजी भएको थियो । जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताहरुले मधेश भवन अगाडि नाराबाजी गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीहरुबीच झडप समेत भएको थियो ।

यो समाचारमा

जेन–जी आन्दोलन “नेपो किड”जनमत पार्टीसरोज कुमार यादवमधेश प्रदेश
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)12 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...