
काठमाडौँगृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएको छ । मुभमेन्टले मन्त्री पदमा रहँदा निष्पक्ष अनुसन्धान प्रभावित हुने र प्रमाण नष्ट हुन सक्ने भन्दै उनलाई हिरासतमा राखेर छानबिन गर्नुपर्ने दाबी गरेको छ । जेनजी मुभमेन्टले गृहमन्त्री गुरुङमाथि आन्दोलनलाई...