अल जेनजी मुभमेन्टले अघि सार्यो सर्वपक्षीय राष्ट्रिय सरकारको माग

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

14
Share
Featured
  • अल जेन मुभमेन्टले वर्तमान सरकारलाई देशलाई निकास दिन असफल भएको भन्दै सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ।
  • आइतबार सिंहदरबारमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकोमा गैरकानुनी भएको आरोप लगाइएको छ।
  • अल जेनका नेताहरुले वर्तमान सरकारलाई भ्रष्टाचार निरन्तरता दिएको भन्दै हटाएर नयाँ राष्ट्रिय सरकार बनाउने दाबी गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुभमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ ।

अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे । खत्रीले वर्तमान सरकारले पूरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै भने, ‘हामीले हिजो सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्नु गैरन्यीक भएन र ।’

हरिकृष्ण गजुरेलले वर्तमान सरकार पनि पुरानै शैलीमा गएको भन्दै आफूहरुले अल जेन मुमेन्टमार्फत देशलाई नयाँ निकास दिने दाबी गरे । गजुरेलले जेनजीहरुले गरेको ऐतिहासिक आन्दोलनको बलबाट बनेको सरकारले पुरानै सरकारले जस्तै भ्रष्टहरुलाई नै संरक्षरण गरेको आरोप लगाउँदै भने, ‘सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनुको विकल्प छैन ।’

माधव ठकुरीले जेनजीले नै बनाएको सरकार उनीहरुले उठाएका मागकै विरुद्धमा भएकोले देशमा थप द्वन्द्व चर्किनेप्रति चिन्ता व्यक्त गरे । सरकार र जेनजी मिलेर देश बनाउनुको सट्टा उनीहरुबीच नै तिक्तता हुनु दुर्भाग्य भएको बताउँदै भने, ‘सुशीला सरकार भर्षेश मिराज जेनजी हुनु देश संकटतिर जानु जस्तै हो ।’

डा.शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले धरपकड गरेकोमा गैर कानुनी भएकाले सरकारले माफी माग्नुपर्ने माग गरे ।

जनक थापाले सरकारले संविधान प्रदत्त अधिकार कुण्ठित गर्दै जाँदा जेनजीको भन्दा ठूलो विद्रोह गर्ने चेतावनी दिए ।

अशोक रानामगरले राष्ट्रिय मुक्तिको लागि अल जेन मुमेन्टले नेतृत्व लिएर राजीतिक निकास दिने दाबी गरे ।

आइतबार अल जेन मुमेन्टले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर, जनक थापलाई प्रहरीले गिरफ्तार गरेर सिंहदरवार प्रहरि वृत्त अनामनगरमा लगेको थियो ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र (ग्राफ) बर्सेनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ भन्दा आव २०८१/८२ मा शून्य दशमलव १४ प्रतिशतले अपराध बढेको हो।त्यस्तै, आव २०८१/८२ भन्दा आव २०८२/८३ मा एक दशमवल १५ प्रतिशतले अपराध बढेको देखिन्छ ।

    Data is loading...

    Loading brands...

    Loading footer...