जेनजी मुभमेन्टको माग : गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न निवेदन प्रहरीमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

20
Share
Featured

काठमाडौँ

गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएको छ । मुभमेन्टले मन्त्री पदमा रहँदा निष्पक्ष अनुसन्धान प्रभावित हुने र प्रमाण नष्ट हुन सक्ने भन्दै उनलाई हिरासतमा राखेर छानबिन गर्नुपर्ने दाबी गरेको छ ।

जेनजी मुभमेन्टले गृहमन्त्री गुरुङमाथि आन्दोलनलाई हिंसात्मक बनाएको, स्वयंसेवकको भूमिकाको नाममा आन्दोलन “हाइज्याक” गरेको तथा पद प्राप्तिका लागि बिचौलियासँग साँठगाँठ गरेको जस्ता गम्भीर आरोप लगाएको छ । मुभमेन्टका अनुसार यस्ता कार्यले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरू (सहिद) को बलिदानको अपमान भएको छ ।

निवेदनमा गुरुङ पदमै रहँदा स्वार्थको द्वन्द्व हुने, न्यायिक प्रक्रिया प्रभावित हुन सक्ने तथा प्रमाण नष्ट हुन सक्ने भएकाले तत्काल पक्राउ गरी निष्पक्ष, समयबद्ध अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । साथै, अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न पनि आग्रह गरिएको छ । प्रहरीले भने निवेदनबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

यो समाचारमा

सुदन गुरुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...