रवि लामिछानेलाई उन्मुक्ति दिन खोजेको भन्दै 'जेनजी मुभमेन्ट'को आपत्ति

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

65
Share
Featured
  • ‘जेनजी मुभमेन्ट नेपाल’ले सहकारी ठगी र संगठित अपराधको आरोपमा रहेका रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको कडा आलोचना गरेको छ।
  • मुभमेन्टले महान्यायाधिवक्ता सविता भण्डारी बरालमाथि शक्तिको दुरुपयोग आरोप लगाउँदै तत्काल बर्खास्तीको माग गरेको छ।
  • लामिछानेलाई उन्मुक्ति दिनु सहकारी पीडित र ‘जेनजी विद्रोह’माथिको धोका भएको भन्दै सरकारविरुद्ध बहिष्कार र अवज्ञाको आह्वान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

'जेनजी मुभमेन्ट नेपाल'ले सहकारी ठगी र सङ्गठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै कडा आपत्ति जनाएको छ ।

मुभमेन्टले एक विज्ञप्ति जारी गर्दै सुशीला कार्की नेतृत्वको सरकार र उनले नियुक्त गरेका महान्यायाधिवक्ताले अपराधीलाई जोगाउने प्रयास गरेको आरोप लगाएको छ । यो कार्यले कानुनको शासन र लोकतान्त्रिक मूल्यमाथि गम्भीर प्रहार गरेको मुभमेन्टको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, "अपराधी संरक्षण गरेर जेनजी विद्रोहका क्रममा भएको बलिदानमाथि खेलवाड गर्नु गम्भीर आपत्तिजनक छ ।" मुभमेन्टले महान्यायाधिवक्ता सविता भण्डारी बरालले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै उनको तत्काल बर्खास्तीको माग समेत गरेको छ ।

सहकारी ठगीका लाखौं पीडित न्यायको पर्खाइमा रहेको स्मरण गराउँदै मुभमेन्टले लामिछानेलाई दिइने कुनै पनि उन्मुक्तिलाई 'जेनजी विद्रोहमाथिको धोका' मानेको छ ।

यसैबीच, मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्तालाई सार्वजनिक रूपमा बहिष्कार र अवज्ञा गर्न आम नागरिकलाई आह्वान गरेको छ । साथै, अपराधी संरक्षणको संस्कृति अन्त्य गर्न र सहकारी पीडितलाई निष्पक्ष न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

यो समाचारमा

रवि लामिछानेसुशीला कार्कीकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...