ओली र लेखक पक्राउ परेपछि जेनजी मुभमेन्टको विज्ञप्ति, सरकारको कदमको समर्थन

Author

सजिलो पत्रिका

२०८२ चैत १४, शनिबार

18
Share
Featured
  • ‘जेनजी मुभमेन्ट नेपाल’ले केपी शर्मा ओली र रमेश लेखक लाई पक्राउ गर्ने सरकारको निर्णयलाई सकारात्मक र न्यायतर्फको कदम भन्दै स्वागत गरेको छ।
  • संगठनले तत्कालीन गृह प्रशासन र सुरक्षा निकायका अन्य जिम्मेवार व्यक्तिहरूलाई पनि पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ।
  • यदि दोषीहरूलाई बचाउने प्रयास भए देशभरका युवाहरू अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिँदै यस घटनालाई न्यायको सुरुवातका रूपमा व्याख्या गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी मुभमेन्ट नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउने सरकारको निर्णयको स्वागत गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै संगठनले सरकारको यो कदमलाई सकारात्मक भनेको हो।

संगठनले ओली र लेखकका साथै तत्कालीन गृह प्रशासन र सुरक्षा निकायका अन्य जिम्मेवार व्यक्तिहरूलाई पनि तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ। जेनजी आन्दोलनका दमनकारीहरूलाई बचाउन कुनै पनि प्रकारको षडयन्त्र भएमा देशभरका युवाहरू थप सशक्त र कठोर संघर्षमा उत्रिने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।

एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई शनिबार बिहान भक्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। 'जेनजी मुभमेन्ट'ले यस घटनालाई न्यायको दिशामा चालिएको कदमका रूपमा चित्रण गरेको छ।


यो समाचारमा

काठमाडौँरमेश लेखकखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...