
काठमाडौँ ।इन्कलाब मञ्चका संयोजक उस्मान हादीको हत्यापछि बंगलादेशमा हिंसाको नयाँ लहर फैलिएको छ । आक्रोशित भीडले 'प्रथम आलो', 'द डेली स्टार' जस्ता प्रमुख सञ्चारमाध्यम र 'छायानौट' जस्ता सांस्कृतिक संस्थाका भवनहरूमा आक्रमण, तोडफोड र आगजनी गरेका छन् । आक्रमणकारीहरूले यी संस्थाहरूलाई "भारतीय दलाल" भन्दै निशाना बनाएका छन्, जसले देशमा गहिरो भारतविरोधी...