वीरगन्ज दसैँ मेलामा ग्याङ फाइट, एक जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

20
Share
Featured
  • वीरगन्जको दसैँ मेलामा पसल राख्ने विषयमा दुई समूहबीच विवाद भई भएको ग्याङ फाइटमा २० वर्षीय युवक गोल्डेनको मृत्यु भएको छ।
  • विवाद हिंसात्मक बन्दा उनलाई भाटोले प्रहार गरिँदा गम्भीर घाइते भएका थिए र उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भयो।
  • घटनामा संलग्न आशङ्कामा तीन जना पक्राउ परेका छन् भने वास्तविक कारण पत्ता लगाउन प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जना युवकको ज्यान गएको छ। पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका (सनाखत हुन बाँकी) युवकको मृत्यु भएको हो।

प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। तर, अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।

डिएसपी बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन। नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको उनले बताए। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...