तीनकुने हिंसात्मक प्रदर्शन: दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

39
Share
Featured
  • थुनामा आदेश: दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने अदालतको आदेश।
  • प्रदर्शनको क्षति: हिंसात्मक प्रदर्शनमा २ मृत्यु, थुप्रै घाइते, सवारीसाधन र संरचनामा ठूलो क्षति
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३१

काठमाडौँ जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा 'जनकमान्डर' दुर्गा प्रसाद प्रसाईसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति गरेको आदेशमा ३२ जनालाई भने धरौटीमा छाडिएको छ।

प्रसाईंसँगै सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश भएको हो। धरौटीमा छुट्नेहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ। यसअघि हाजिरी जमानीमा छुटेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शमशेर राणा अदालतमा उपस्थित नभएपछि उनीहरूलाई फरार प्रतिवादी कायम गरिएको छ।

नेपाल सरकारले प्रसाईंसहित ५० जनालाई राजद्रोह, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग लगायतका गम्भीर आरोपमा मुद्दा दायर गरेको थियो। चैत १५ को उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने २० प्रहरीसहित कैयौँ सर्वसाधारण घाइते भएका थिए। प्रदर्शनका क्रममा ६९ सवारीसाधन तथा ५० भन्दा बढी घर, कार्यालय र संस्थामा तोडफोड तथा आगजनी भएको थियो।

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईडा. धवल शमशेर राणाकाठमाडौँरवीन्द्र मिश्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...