
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले पार्टीभित्र कुनै पनि गुट वा उपगुट नरहेको स्पष्ट पारेका छन्। चितवनमा जारी महाधिवेशनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै साहले सभापति रवि लामिछानेको प्रस्तावकका रूपमा वरिष्ठ नेता बालेन शाह बसेपछि गुटबन्दीको सबै चर्चा अन्त्य भएको दाबी गरे।"सभापतिको प्रस्तावक स्वयम् प्रधानमन्त्री (बालेन शाह)...