गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

Author

सजिलो पत्रिका

२०८३ असार ०८, सोमबार

20
Share1
Featured
  • गृहमन्त्री सुधन गुरुङविरुद्ध हिरासतभित्र मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोपसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ।
  • उजुरीकर्ताहरूले गृहमन्त्रीको टोलीले सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा प्रवेश गरी धम्की दिएको दाबी गरेका छन्।
  • घटनाको छानबिनका लागि आयोगको विशेष टोली खटाउन तथा सम्बन्धित सीसीटीभी फुटेज र अभिलेख सुरक्षित राख्न माग गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री सुदन गुरुङविरुद्ध हिरासत कक्षभित्रै मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोपमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। सोमबार अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले गृहमन्त्री गुरुङविरुद्ध उक्त उजुरी दिएका हुन्।

उजुरीमा गत जेठ १९ गते सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा गृहमन्त्रीको टोली प्रवेश गरी आफूहरूलाई धम्की दिएको दाबी गरिएको छ। पीडितहरूले आयोगको विशेष टोली खटाई आफ्नो बयान लिन र घटनाको सत्यतथ्य जाँचबुझ गर्न माग गरेका छन्।

साथै, उजुरीकर्ताहरूले सोह्रखुट्टे प्रहरी वृत्तको जेठ १९ गतेको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर तत्काल नियन्त्रणमा लिई सुरक्षित गर्न समेत आयोगसँग आग्रह गरेका छन्। गृहमन्त्रीमाथि हिरासतमा रहेका व्यक्तिलाई प्रत्यक्ष भेटेर दबाब दिएको गम्भीर आरोप लागेको छ।

यो समाचारमा

राष्ट्रिय मानव अधिकार आयोगकाठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसप बालकुमारीमा सञ्चालन

    काठमाडौँ।नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा नयाँ अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ। एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र डोङफेङ मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन्।१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको

    Data is loading...

    Loading brands...

    Loading footer...