मापदण्ड पालना गर्नेलाई अनुगमन आउनु र नआउनुले फरक पार्दैन : उपप्रमुख डंगोल

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

23
Share
Featured
  • काठमाडौं महानगरको अनुगमन समितिले वडा २३ को जुद्ध बारुण यन्त्र कार्यालय सुदृढीकरण र वडा २६ मा स्थापना गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर को कार्यको अनुगमन गर्दै निर्माण सामग्री, शैली र गुणस्तर जाँच गरेको छ।
  • उपप्रमुख सुनिता डंगोलले अनुगमनलाई कारबाही होइन, सुधारको अवसर भन्दै मापदण्ड र प्रक्रियाको पालना गर्न निर्माण पक्षलाई आग्रह गरिन्, साथै शहरको प्राचीनता जोगाउन मौलिक सामग्री र शैलीको प्रयोग आवश्यक भएको बताइन्।
  • राणाकालीन जुद्ध शम्शेरले बनाएको भवनको सुदृढीकरण ७२ लाख ९८ हजार लागतमा भइरहेको छ, साथै करिब ३ करोडमा अर्को भवन निर्माण तथा १४ स्थानमा २,८९६ मिटर लामो ड्राइराइजर प्रणाली स्थापना गर्ने काम अघि बढिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । 

अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना गर्ने हो भने अनुगमन कार्यबाट डराउनु नपर्ने बताईन् । 

उनले भनिन्, ‘अनुगमनमा टोलीँ आउनुलााई कारवाही जस्तो मान्नु हुँदैन । यो सुधार गर्ने अवसर दिने संयन्त्र पनि हो । अनुगमनको त्रास त गलत नियत राख्नेहरुलाई मात्र हुन्छ । विधि, प्रक्रिया र मापदण्डको पूर्ण पालना गर्नेका लागि अनुगमन आफ्नो क्षमता देखाउने अवसर हो ।’

यस्तै, उनले महानगरपालिका काठमाडौँको प्राचीनता खोजी रहेको भन्दै सहरको यो पक्ष प्राप्त गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताईन् । 

उनले भनिन्, ‘महानगरपालिका काठमाडौँको प्राचीनता खोजी रहेको छ । सहरको यो पक्ष प्राप्त गर्न सबैको साथ र सहयोग आवश्यक छ । अझ भौतिक संरचना निर्माण कार्य गर्नेले त झन सहयोग गर्न आवश्यक छ । हरेक विषयमा पक्ष र विपक्षका मत हुन्छन् । दुवै मत सुनेर दुवैलाई चित्त बुझ्ने निर्णयको प्रयासमा केही समय लाग्न सक्छ । यसबाहेक महानगरपालिकाले मौलिक निर्माण सामग्री, शैली र शिल्पको उपयोग गरेर आधुनिक सुविधा वितरणमा नियमित काम गरिरहेको छ ।’

सोही क्रममा वडाध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले, वडाभित्रका सम्पदाहरुमा प्रयोग गरिएको आधुनिक निर्माण सामग्री तथा बस्तु हटाएर मौलिक सामग्रीले पुनःस्थापना गर्ने क्रममा रहेको बताए । 

उनले भने, ‘यसै क्रममा हामीले वडाकै बजेटबाट राणाकालीन भवनलाई पूर्ववत् सवलीकरण गराएका हौँ ।’ 

राणा प्रधानमन्त्री जुद्ध शम्शेर जंग बहादुर राणाको शासनकाल वि. सं. १९९४ सालतिर निर्माण भएको यो भवनमा अग्नि नियन्त्रण कार्यालयको स्थापना भएको हो । त्यसबेलाको आधुनिक अग्नि नियन्त्रण कार्यालय नै यही थियो । राणा वास्तुकलामा आधारित भवन चुना सुर्कीको प्रयोग गरेर बनाइएको हो । मोटो पर्खाल, ठुला झ्यालढोका भवनको संरचनागत विशेषता हो । यसको पुनःनिर्माण कार्यमा भवनको पुरानो शैली नबिगारी, नहटाइ, परम्परागत ईंटा, चुन–सुर्की, माटो र काठको प्रयोग गरिएको छ । 

अग्नि–नियन्त्रणका लागि साधन तथा उपकरण राख्न ठुलो कोठा बनाइएका छन् । आपतकालीन सेवाका लागि बस्ने ठाउँ हुनेछ । पुराना दमकल गाडी राख्ने छुट्टै कक्ष निर्माण भएका छन् । ०७२ को महाभूकम्पले भवनको संरचना कमजोर भएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ७२ लाख ९८ हजार रुपियाँ लागतमा ०८२ जेठ २९ गतेबाट सवलीकरण थालिएको हो । इन्द्रदह निर्माण सेवाले जिम्मा पाएको यो काम २०८३ जेठ १ गतेसम्ममा सम्पन्न हुनेछ । 

यससँंगै केन्द्रीय बजेटको करिब ३ करोड रुपियाँ लागतमा यससँगै अर्को भवन बनाउने काम प्रारम्भ हुने चरणमा पुगेको छ । 

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीका घरहरुमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । 

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ । महानगरपालिकाको केन्द्र (विपद व्यवस्थापन विभाग)बाट कार्यान्वयनमा आएको यो योजना १ करोड १७ लाख २ हजार ४५० रुपियाँ लागतमा १४ ठाउँमा ड्राइराइजर राखिएको छ । यस कार्यबाट विभिन्न ठाउँमा गरी २ हजार ८९६ मिटर लामो ड्राइराइजर स्थापना हुनेछ । यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको छ ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाजुद्ध शम्शेर जंग बहादुर राणाकाठमाडौँसुनिता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...