
काठमाडौँ।गत जुन १२ मा भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा विमानमा सवार २४१ र जमिनमा रहेका १९ जना गरी कुल २६० जनाको मृत्यु भएको थियो।प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य कारण विमानका दुवै इन्जिनमा एकैसाथ इन्धन आपूर्ति...