अहमदाबाद विमान दुर्घटना: डिएनए परीक्षणबाट २०२ जनाको पहिचान

Author

सजिलो पत्रिका

२०८२ असार ०४, बुधबार

28
Share
Featured
  • दुर्घटनामा ज्यान गुमाएका २०२ जना पीडितको पहिचान डिएनए परीक्षणमार्फत गरिएको गुजरातका गृहमन्त्री हर्ष सांघवीले जानकारी दिएका छन्।
  • लण्डनका लागि उडेको बोइङ ७८७-८ ड्रिमलाइनर विमान अहमदाबादको आवासीय क्षेत्रमा खस्दा २७९ जनाको मृत्यु भएको थियो।
  • दुर्घटनाको कारण अझै खुल्न नसकेको र अनुसन्धानका लागि बेलायत तथा अमेरिका समेतका विज्ञ टोली संलग्न छन्।
  • प्रारम्भिक निरीक्षणमा विमान मर्मत प्रणालीमा गम्भीर त्रुटि नभेटिएको भन्दै ड्रिमलाइनर विमानहरू परीक्षणमा रहेको भारतको उड्डयन नियामक निकायले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ४ ।  

एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका २०२ जना पीडितको पहिचान डिएनए परीक्षणमार्फत गरिएको छ। गुजरात राज्यका गृहमन्त्री हर्ष सांघवीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिए।

लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमान उडेको केही समयमै अहमदाबादको एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा विमानमा सवार चालक दलका सदस्यसहित २४१ जना र जमिनमा रहेका ३८ जना गरी कुल २७९ जनाको मृत्यु भएको थियो। पहिचान हुन नसकेका शवका लागि पीडित परिवारले डिएनए नमुना दिएका थिए।

विमान दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। अनुसन्धानमा सघाउन बेलायत र संयुक्त राज्य अमेरिकाका विज्ञ टोली पनि सामेल भएका छन्। अनुसन्धानकर्ताहरूले घटनास्थलबाट बरामद 'ब्ल्याक बक्स' (ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर) को विश्लेषण गरी दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।

यसैबीच, दुर्घटनापछि भारतको नागरिक उड्डयन नियामक निकायले एयर इन्डियाका सबै ड्रिमलाइनर विमानहरूको निरीक्षण गर्न आदेश दिएको थियो। नियामकले मंगलबार राति जारी गरेको विज्ञप्तिमा प्रारम्भिक जाँचमा विमानको मर्मत सम्भार प्रणालीमा कुनै ठूलो सुरक्षा कमजोरी नभेटिएको र विद्यमान मापदण्ड अनुसार नै रहेको पाइएको उल्लेख छ।

यो समाचारमा

काठमाडौँसंयुक्त राज्य अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...