देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने, बाँझो जग्गा उत्पादनमा लगाइने

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

76
Share1
Featured
  • सरकारले देशभरका स्थानीय तहमा ‘भूमि बैंक’ सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ।
  • बाँझो तथा उपयोगमा नरहेका निजी जग्गालाई उत्पादनमूलक कार्यमा प्रयोग गरिनेछ।
  • स्थानीय तहलाई कार्यविधिअनुसार भूमि बैंक स्थापना गर्न परिपत्र पठाइएको छ।
समाचार सारांशGenerated using AI.
काठमाडौं । सरकारले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउन देशभरका स्थानीय तहमा 'भूमि बैंक' सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 'भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३' स्वीकृत गर्दै कार्यान्वयनका लागि सबै स्थानीय तहमा परिपत्र पठाएको छ।

भूमि उपयोग ऐन, २०७६ र नियमावलीको कानुनी व्यवस्थाअनुसार अब प्रत्येक स्थानीय तहले भूमि बैंक स्थापना गरी बाँझो जग्गालाई उत्पादनसँग जोड्नेछन्। मन्त्रालयले सम्बन्धित जग्गाधनी तथा सरोकारवालाहरूलाई आफ्नो स्थानीय तहसँग सम्पर्क गरी यो व्यवस्थाको लाभ लिन आग्रह गरेको छ। यस कदमले कृषि उत्पादन बढाउन र जग्गा बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

    काठमाडौं ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ। बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ को कसुर अन्तर्गत दिपक भट्टसँग जोडिएको मुद्दामा उनलाई बिहीबार काठमाडौंको सिफलबाट नियन्त्रणमा लिइएको हो।गत जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा

    Data is loading...

    Loading brands...

    Loading footer...