गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ - प्रचण्ड

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

24
Share1
Featured
  • प्रचण्डले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमाथि योजनाबद्ध नकारात्मक प्रचार भइरहेको आरोप लगाए।
  • पुष्पलाल स्मृति दिवसलाई प्रतिगामी गतिविधिविरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको दिनका रूपमा लिनुपर्ने बताए।
  • पुष्पलालको विचारलाई अघि बढाउन वैचारिक पुनर्जागरण, इतिहास अध्ययन र सामन्तवाद–साम्राज्यवादविरुद्ध संघर्षको आधार बलियो बनाउनुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापना भएपछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।

बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालमा गणतन्त्र भएपछि विकसित भएका थुपै सकारात्मक कुराहरू माथि अत्यन्तै नकारात्मक ढङ्गले झुटप्रचारको प्रहार गरिएको छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको अभूतपूर्व विकासलाई अपमानित गरिएको छ । शिक्षामा र स्वास्थ्यमा भएका प्रगतिलाई अपमानित र अवमूल्यन गरिँदै छ ।’

उनले भौतिक पूर्वाधार क्षेत्रमा भएको अभूतपूर्व विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा हासिल भएका प्रगतिलाई समेत अपमानित र अवमूल्यन गरिरहेको बताए ।

प्रचण्डले पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर मात्र नभई गणतन्त्रका उपलब्धि र पुष्पलालको विचारअनुसार भएका परिवर्तनमाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध नयाँ अभियान सुरु गर्ने सङ्कल्पको दिनका रूपमा लिएको बताए ।

उनले भने, ‘यस पटक पुष्पलालप्रति श्रदाअर्पन गर्नुको हाम्रो देशमा जुन प्रति क्रान्त्रको हावा चलिराखेको छ । जसले गनतन्त्राका उपलब्धिहरू माथि वा पुष्पलालको शिक्षा अनुसार भएको परिवर्तनमाथि हमला गरेको छ । यसको विरुद फेरी एउटा नयाँ अभियान सञ्चालन गर्ने सङ्कल्पको दिनको रूपमा रहेको छ ।’

उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध संघर्ष गर्न सक्ने वैचारिक आधार निर्माणका लागि नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहन अध्ययन–अनुसन्धान आवश्यक रहेको बताए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टीपुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

    काठमाडौं ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ। बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ को कसुर अन्तर्गत दिपक भट्टसँग जोडिएको मुद्दामा उनलाई बिहीबार काठमाडौंको सिफलबाट नियन्त्रणमा लिइएको हो।गत जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा

    Data is loading...

    Loading brands...

    Loading footer...