प्रधानमन्त्री बालेनलाई कृष्णप्रसाद सिटौलाको चेतावनी- ' दम्भ र अहंकार त्याग्नुस् '

Author

सजिलो पत्रिका

२०८३ साउन ०६, बुधबार

1
Share
Featured
  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन शाहलाई अहंकार र दम्भको राजनीति त्याग्न आग्रह गरेका छन्।
  • उनले एक्लै हिँड्ने राजनीति नगर्न चेतावनी दिँदै सहकार्यको आवश्यकता औँल्याएका छन्।
  • जेनजी आन्दोलनका घटनाले कांग्रेस झन् सशक्त बनेको र पार्टीलाई विभाजन गर्न चलखेल भइरहेको आरोप पनि लगाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अहंकार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन् । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले एक्लै हिँडने राजनीति नगर्न समेत प्रधानमन्त्री शाहलाई आग्रह गरे । उनले जेनजी आन्दोलनको क्रममा कांग्रेसमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएपनि उक्त घटनाले कांग्रेसको चेतना र ऊर्जा थप बलियो बनाएको बताए ।

उनले भने, ‘म आज वीपीलाई सम्झेर प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु, तपाईंहरू धेरै दम्भ र अहंकार लिएर नहिँड्नुस् । म यो प्रधानमन्त्रीलाई भन्न चाहन्छु, वीपीलाई सम्झेर, वीपीलाई साक्षी राखेर भन्न चाहन्छु, शशांक कोईरालाले वीपीको विचार मर्न दिन्न भन्नुभएको रहेछ । वीपीको विचारलाई उहाँले जीवन्त राख्नुभएको छ । उहाँले यो सानो कुरा होइन । यो विचारलाई साक्षी राखेर भन्न चाहन्छु, एक्लै हिँड्ने दम्भ नगर्नुस् ठक्कर लाग्ला । ठक्कर लागेपछि उठाउने कोही हुँदैन । त्यस्तै परेमा उठाउन फेरि हामी नै आउनुपर्ला तपाईंलाई पनि । किनकी हामीमा नेपाली कांग्रेसको राजनीतिक रगत छ । हामीमा संस्कार छ । हाम्रा घरमा आगलागी भयो, तोडफोड भयो, लुटपाट भयो तर कांग्रेस डरायो भनेर कसैले नसम्झे हुन्छ । त्यो घटनाले हाम्रो चेतना अझै जागरण भएको छ । नयाँ स्फूर्ति आएको छ हामीलाई । विशेष महाधिवेशनबाट कांग्रेस छिन्नभिन्न गराई हाल्यौँ भनेर नभन्नुस् । जहाँबाट गराएपनि देश गम्भीर संकटमा छ भनेर मात्र पुग्दैन । यसको लागि लड्नुपर्छ ।’

उनले पार्टीलाई एकतावद्ध हुन नदिन संस्थापन पक्षले अनेक चलखेल गरिरहेको समेत उनको आरोप छ 

यो समाचारमा

कृष्ण प्रसाद सिटौलानेपाली काँग्रेसबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँ महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौँ महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबिच सम्झौता भएको हो ।सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौँ महानगरपालिकाका

    Data is loading...

    Loading brands...

    Loading footer...