संवैधानिक निकायलाई प्रतिपक्ष तर्साउने औजार बनाइयो- शेरबहादुर देउवा

Author

सजिलो पत्रिका

२०८३ साउन ०६, बुधबार

2
Share
Featured
  • नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले संवैधानिक निकायलाई प्रतिपक्ष तर्साउने औजार बनाएको आरोप लगाएका छन्।
  • उनले न्यायपालिका र संवैधानिक संस्थामाथि कार्यकारी हस्तक्षेप लोकतन्त्रका लागि घातक भएको बताएका छन्।
  • वीपी कोइरालाको मेलमिलापको नीति अपनाउँदै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउबाले वर्तमान सरकारले न्यायपालिका र अख्तियार जस्ता संवैधानिक निकायहरूलाई प्रतिपक्षलाई आतङ्कित तुल्याउने औजारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। वीपी कोईरालाको ४४औँ स्मृति दिवसका अवसरमा उपचारका क्रममा विदेशबाट पठाउनुभएको सन्देशमा देउवाले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउनुभएको हो।

नेता मिन विश्वकर्माले वाचन गरेको सन्देशमा देउवाले फरक विचारप्रति असहिष्णु बन्ने र राज्य शक्तिको प्रतिशोधपूर्ण प्रयोग गर्ने प्रवृत्ति लोकतन्त्रका लागि स्वीकार्य नहुने उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, "न्यायपालिका र संवैधानिक संस्थाहरूलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई दबाउन खोजिएको छ, जुन लोकतान्त्रिक समाजका लागि घातक छ।"

देउवाले वीपी कोईरालाको मेलमिलापको नीति र राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादप्रतिको निष्ठा नै आफ्नो ६ दशक लामो राजनीतिक यात्राको प्रेरणा स्रोत रहेको बताउनुभयो। चुनौतीपूर्ण घडीमा संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी फेरि काँग्रेसको काँधमा आएको उल्लेख गर्दै उहाँले वर्तमान चुनौती सामना गर्न पार्टी दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाँले व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र र लोकतन्त्रलाई माथि राख्नु नै वीपीप्रतिको सच्चा सम्मान हुने समेत बताउनुभयो।

यो समाचारमा

नेपाली काँग्रेसशेर बहादुर देउबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँ महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौँ महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबिच सम्झौता भएको हो ।सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौँ महानगरपालिकाका

    Data is loading...

    Loading brands...

    Loading footer...