मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार

7
Share
Featured
  • सांसद अर्जुननरसिंह केसीले मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
  • आयोगका करिब १३% सिफारिस मात्र कार्यान्वयन हुनु चिन्ताजनक भएको उनले बताएका छन्।
  • प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि तत्काल कानुनी कारबाही अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह के.सीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले आयोगका सदस्य लिली थापाको प्रतिवेदन अझै सार्वजनिक नहुनु दुःखद र खेदपूर्ण भएको बताए।

उनले आयोगका सिफारिसमध्ये हालसम्म करिब १३ प्रतिशत मात्र कार्यान्वयन हुनुले विधिको शासन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गरे। "आयोगको प्रतिवेदन र सिफारिसको उपेक्षा गर्नु अन्तर्राष्ट्रिय विश्वसनीयता र लोकतन्त्रको छविलाई नै उपहास गर्नु हो," उनले भने।

सांसद केसीले उक्त प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी सांसदहरूलाई उपलब्ध गराउन र दोषीमाथि अविलम्ब कानुनी कारबाही सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।

यो समाचारमा

अर्जुन नरसिंह के.सीराष्ट्रिय मानव अधिकार आयोगनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौँ।कुमारी बैंक लिमिटेडले बाजुराको गौमूल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको छ ।बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा

    Data is loading...

    Loading brands...

    Loading footer...