ट्राफिक जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको सेवा रोक्का

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार

5
Share
Featured
  • ट्राफिक जरिवाना नतिर्ने २ लाख ६१ हजारभन्दा बढी चालकको यातायातसम्बन्धी सेवा रोक्का गरिएको छ।
  • जरिवाना नतिरेसम्म लाइसेन्स नवीकरण, नामसारी र नयाँ सवारी दर्ता लगायतका सेवा नपाइनेछ।
  • जरिवाना चुक्ता गरेपछि मात्र सेवा पुनः सुचारु हुने ट्राफिक प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ उपत्यकाका २ लाख ६१ हजारभन्दा बढी सवारीचालकले ट्राफिक जरिवाना नतिरेपछि उनीहरूलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवामा रोक लगाइएको छ। जरिवाना नतिर्ने चालकले अब नयाँ सवारी खरिद, सवारीसाधन नामसारी, लाइसेन्स नवीकरण लगायतका कुनै पनि सेवा लिन पाउने छैनन्।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लामो समयसम्म जरिवाना नतिर्नेहरूको विवरण यातायात कार्यालयमा पठाइसकिएको छ र सेवा रोक्काको प्रक्रिया अघि बढिसकेको छ। जरिवाना रकम पूर्ण रूपमा चुक्ता गरेपछि मात्र यी सेवाहरू पुनः सुचारु हुनेछन्।

ट्राफिक प्रहरीले जरिवाना तिर्न बाँकी रहेका चालकहरूलाई एसएमएसमार्फत जानकारी गराउन समेत सुरु गरेको छ। सडक अनुशासन कायम गर्न र राज्यकोषमा राजस्व संकलन प्रभावकारी बनाउन यो कदम चालिएको ट्राफिक प्रहरीले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रारा–सल्लेरी–पिना–कोटिला–घट्टलेख सडक निर्माण अलपत्र, काम गरेको पैसा मजदुरले अझै पाएनन्

    मुगु । मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि भौतिक प्रगति करिब २ प्रतिशतमै सीमित रहेको पाइएको छ। करिब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको १० किलोमिटर सडक निर्माण कार्य अपेक्षाअनुसार अघि नबढ्दा स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।उक्त सडक निर्माणका लागि २०७९

    Data is loading...

    Loading brands...

    Loading footer...