दैनिक ५२० रुपैयाँमै आफ्नै एमजी कमेट ईभी, जी.ओ. अटोमोबाइल्सको नयाँ ईएमआई योजना

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार

9
Share
Featured
  • एमजी कमेट ईभी अब दैनिक रु. ५२० (मासिक रु. १५,५३५) किस्तामा खरिद गर्न सकिने नयाँ ईएमआई योजना सार्वजनिक गरिएको छ।
  • कारको सुरुवाती मूल्य रु. १८.७५ लाख रहेको छ भने एकपटक चार्जमा २३० किमिसम्म चल्ने कम्पनीले जनाएको छ।
  • कम्पनीका अनुसार यो योजनाले विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गोल्छा अर्गनाइजेसनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रालिले नेपालकै सबैभन्दा स्मार्ट र कम्प्याक्ट विद्युतीय कार 'एमजी कमेट ईभी' खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब ग्राहकले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा यो कार आफ्नो बनाउन सक्नेछन्।

जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारी खरिदलाई आर्थिक बोझ नभई सहज जीवनशैलीको रोजाइ बनाउने उद्देश्यले यो योजना ल्याइएको बताए। "दैनिक ट्याक्सी बुकिङ वा व्यक्तिगत चालक राख्ने खर्चभन्दा पनि कम किस्तामा आफ्नै कार चढ्न सकिने भएपछि ग्राहकको आर्थिक अन्योल हट्नेछ," उनले भने। यो योजनाले विशेषगरी नेपालका साँघुरा सडक र सहरी जीवनशैलीमा इन्धन खर्च बचत गर्न चाहनेहरूलाई ठूलो राहत पुर्‍याउने कम्पनीको विश्वास छ।

सुरुवाती मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको एमजी कमेट ईभीमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा २३० किलोमिटरसम्मको रेन्ज (ARAI प्रमाणित) प्रदान गर्छ। चार जनासम्म सहजै यात्रा गर्न मिल्ने यो कार अत्याधुनिक विद्युतीय प्लेटफर्ममा आधारित छ।

सन् १९२४ मा बेलायतमा स्थापना भएको ऐतिहासिक एमजी ब्रान्डको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्सले देशव्यापी बिक्री तथा सेवा सञ्जालमार्फत नेपाली ग्राहकलाई आधुनिक र दिगो यातायात समाधान उपलब्ध गराउँदै आएको छ। यो नयाँ ईएमआई योजनाले नेपालमा विद्युतीय सवारीको पहुँचलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सेतीखोलाबाट विद्युत् उत्पादन सुरु

    कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका

    Data is loading...

    Loading brands...

    Loading footer...