प्रदेश खारेजीको एजेन्डा 'राजनीतिक भूल' हुन सक्छ - डा. भट्टराई

Author

सजिलो पत्रिका

२०८३ असार ११, बिहिबार

12
Share
Featured
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई प्रदेशसभा खारेजी तथा संघीयता कमजोर बनाउने एजेन्डाबाट पछि हट्न आग्रह गरेका छन्।
  • संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै पर्याप्त सहमतिविना यस्तो निर्णय अघि बढाउनु विरोधाभासपूर्ण र जोखिमपूर्ण हुने उनको भनाइ छ।
  • संघीय संरचनामा हतारमा हस्तक्षेप गर्दा जातीय तथा क्षेत्रीय तनाव बढ्न सक्ने चेतावनी दिँदै उनले रास्वपालाई सुशासन, सेवा प्रवाह र विकासमा केन्द्रित हुन सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजी र संघीयता कमजोर बनाउने एजेन्डाबाट पछि हट्न आग्रह गरेका छन्। रास्वपाले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेश संरचनामा पुनर्विचार गर्ने निर्णय गरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो कदम मुलुकका लागि 'ठूलो राजनीतिक भूल' हुन सक्ने चेतावनी दिएका हुन्।

डा. भट्टराईले दुई आधारमा रास्वपाको निर्णयप्रति आपत्ति जनाएका छन्। पहिलो, सरकारले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने तर अर्कोतर्फ पर्याप्त राष्ट्रिय सहमतिविना आफ्नै निर्णय अघि बढाउनु विरोधाभासपूर्ण हुने उनको तर्क छ। दोस्रो, लामो संघर्षबाट प्राप्त संघीय संरचनालाई हतारमा भत्काउन खोजिए त्यसले गम्भीर जातीय तथा क्षेत्रीय तनाव निम्त्याउन सक्ने उनले उल्लेख गरेका छन्।

संविधान संशोधनजस्तो संवेदनशील विषयमा अधिकतम राष्ट्रिय सहमति नबन्दासम्म विवादास्पद एजेन्डाभन्दा सुशासन, सेवा प्रवाह र विकासमा केन्द्रित हुन उनले रास्वपालाई सुझाव दिएका छन्। "संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल ‘चुपचाप सुशासन र विकास’ तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी !" भट्टराईले लेखेका छन्।   

यो समाचारमा

काठमाडौँबाबुराम भट्टराईराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट गरिएका यी कृतिमध्ये एकलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिने जनाएको छ। अन्तिम सूचीमा परेका कृतिहरूमा पाँचवटा उपन्यास छन्। यसैगरी एउटा कथासंग्रह र एउटा कवितासंग्रह छन्।

    Data is loading...

    Loading brands...

    Loading footer...