रास्वपा महाधिवेशनका लागि ४,२११ प्रतिनिधि सुनिश्चित, बन्द सत्रमा अझै ढिलाइ

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

5
Share
Featured
  • रास्वपाको महाधिवेशनका लागि दाबी–विरोध र रूजु प्रक्रिया पूरा भएपछि कुल ४,२११ प्रतिनिधि सुनिश्चित भएका छन्।
  • निर्वाचन आयोगले प्रतिनिधिहरूलाई परिचयपत्र वितरण सुरु गरिसकेको छ।
  • प्रतिनिधि विवरण टुंग्याउने प्रक्रिया लम्बिँदा महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो लागेको छ। दाबी–विरोध र रूजु प्रक्रियापछि कुल ४ हजार २११ प्रतिनिधि सुनिश्चित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रतिनिधिहरूलाई परिचयपत्र (कार्ड) वितरण गर्ने कार्य सुरु गरिसकेको छ।

प्रदेशगत विवरणअनुसार कोशीबाट ५५१, मधेसबाट ५४०, लुम्बिनीबाट ५२२, बागमतीबाट ५०२, सुदूरपश्चिमबाट ४००, गण्डकीबाट ३५६ र कर्णालीबाट ३१३ प्रतिनिधि सहभागी हुँदैछन्। प्रवास समिति र संघीय सांसदहरूको प्रतिनिधित्व थपिँदा यो संख्या अझै बढ्ने सम्भावना छ।

प्रतिनिधि संख्याको टुंगो नलाग्दा सोमबार सुरु हुनुपर्ने महाधिवेशनको बन्द सत्र स्थगित भएको थियो। मंगलबार बिहानदेखि सुरु हुने भनिए पनि बन्द सत्र अझै सुरु हुन सकेको छैन। प्रवास समितिको विवरण रूजु गर्ने कार्य जारी रहेकाले कार्यक्रम केही ढिलो भएको बुझिएको छ।

यो समाचारमा

निर्वाचन आयोगराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।बन्द सत्र हल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना केन्द्रीय समिति सदस्य, सांसद तथा सचिवालय सदस्यको समर्थनमा लामिछाने निर्विरोध

    Data is loading...

    Loading brands...

    Loading footer...