रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

9
Share
Featured
  • रास्वपा महाधिवेशनमा अब प्रतिनिधि शुल्क (५ हजार रुपैयाँ) नलाग्ने निर्णय गरिएको छ।
  • पहिले शुल्क तिरेका प्रतिनिधिहरूले प्रक्रिया पूरा गरी पैसा फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
  • महाधिवेशन लम्बिएपछि आवास–खानपिनको व्यवस्थापन सहज बनाउन यो निर्णय गरिएको पार्टीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले अब प्रतिनिधि शुल्क बुझाउनु नपर्ने भएको छ। सभापति रवि लामिछानेले महाधिवेशनको अवधि केही लम्बिएका कारण प्रतिनिधिहरूबाट लिइँदै आएको ५ हजार रुपैयाँ शुल्क नलिन निर्देशन दिएका हुन्।

पार्टीका अनुसार, शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाहरूले आवश्यक प्रक्रिया पूरा गरी आफ्नो रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। महाधिवेशन लम्बिएसँगै प्रतिनिधिहरूको आवास र खानपिन व्यवस्थापनमा पर्न सक्ने भारलाई कम गर्न यो निर्णय गरिएको हो। रास्वपाले चितवन बसाइका क्रममा कुनै पनि व्यवस्थापकीय समस्या परेमा सम्बन्धित निकायमा सम्पर्क गर्न प्रतिनिधिहरूलाई आग्रह गर्दै आवश्यक सहजीकरणको प्रतिबद्धता समेत जनाएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।बन्द सत्र हल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना केन्द्रीय समिति सदस्य, सांसद तथा सचिवालय सदस्यको समर्थनमा लामिछाने निर्विरोध

    Data is loading...

    Loading brands...

    Loading footer...