नेपाललाई कतारले दियो ७७ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८३ जेठ २०, बुधबार

15
Share
Featured
  • एसीसी महिला प्रिमियर कपमा कतारले नेपाललाई जितका लागि ७७ रनको लक्ष्य दिएको छ।
  • पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमै अलआउट भयो, जहाँ गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन्।
  • नेपालका लागि रुबिना क्षेत्री ले ३ विकेट लिइन् भने कतारका ४ ब्याटर रनआउट भएका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ७७ रनको सामान्य लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो।

कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन जोडिन् भने कप्तान आइशाले १० रन बनाइन्। अन्य ब्याटरले नेपाली बलरसामु टिकेर खेल्न सकेनन्।

नेपालका लागि रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्। त्यस्तै कविता कुँवर, पूजा महतो र रिया शर्माले १-१ विकेट हात पारे। कतारका ४ जना ब्याटर रनआउट भएका थिए। नेपाल अहिले जवाफी ब्याटिङको तयारीमा छ।

यो समाचारमा

नेपालकतारमलेसियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...