कुशल भुर्तेलले चीनविरुद्ध एकै ओभरमा ६ छक्का

Author

सजिलो पत्रिका

२०८३ जेठ १७, आइतबार

24
Share
Featured
  • कुशल भुर्तेलले चीनविरुद्ध एसियन गेम्स छनोट खेलमा एकै ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान बनाए।
  • उनी नेपालका लागि यो उपलब्धि हासिल गर्ने दोस्रो तथा विश्व क्रिकेट इतिहासका छैटौँ खेलाडी बने।
  • भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेल्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय चर्चा दिलाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। भुर्तेलले इनिङ्सको नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै विश्व क्रिकेटमा दुर्लभ उपलब्धि हासिल गरेका हुन्।

योसँगै भुर्तेल नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दोस्रो र विश्व क्रिकेट इतिहासकै छैटौँ खेलाडी बनेका छन्। यसअघि नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सन् २०२३ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरी यो कीर्तिमान बनाएका थिए।

आक्रामक ब्याटिङ गरेका भुर्तेलले मात्र ४३ बलमा १२९ रनको विष्फोटक शतकीय पारि खेले। उनको यस इनिङ्समा १६ छक्का र ५ चौका सामेल थिए। भुर्तेलको यो प्रदर्शनले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा पुनः एकपटक चर्चाको शिखरमा पुर्‍याएको छ।

यो समाचारमा

चीनकाठमाडौँदिपेन्द्र सिंह ऐरीकुशल भुर्तेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...