विश्वकप लीग २ मा अमेरिकाविरुद्ध नेपालको शानदार जित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०८, शुक्रबार

21
Share
Featured
  • आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
  • नेपालले ५० ओभरमा ३१७ रन (८ विकेट) बनाएको थियो, जसमा ईशान पाण्डेले ८४ रनसहित उत्कृष्ट प्रदर्शन गरे।
  • बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए भने यो जितसँगै नेपाल २४ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनको विशाल अन्तरले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो। यो स्कोर कीर्तिपुर मैदानमा नेपालले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो। नेपालका लागि ईशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ्स खेले भने दिपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए। त्यस्तै रोहित पौडेलले ४६ र आसिफ शेखले ४३ रन बनाए।

अमेरिकालाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले २–२ विकेट झारे। सोमपाल कामीले १ विकेट लिए। अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले ५६ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

यो जितसँगै नेपाल २८ खेलबाट २४ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा रहेको छ। पराजित भए पनि अमेरिका ३८ अंकका साथ शीर्ष स्थानमै कायम छ।

यो समाचारमा

सोमपाल कामीकाठमाडौँसन्दीप लामिछानेनेपाल
आसिफ शेख6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। सोमबार बिहान न्यु जर्सीस्थित रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो।यसअघि सन् २०१० मा पहिलो पटक विश्वविजेता बनेको स्पेनका लागि यो ऐतिहासिक दोस्रो सफलता हो।

    Data is loading...

    Loading brands...

    Loading footer...