नेपाली महिला क्रिकेट टिमले आज चीनको सामना गर्दै

Author

सजिलो पत्रिका

२०८३ जेठ १३, बुधबार

15
Share
Featured
  • एशियन गेम्स क्वालिफायर्स अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज चीनसँग पहिलो खेल खेल्दैछ।
  • मलेसियामा हुने खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ, चीन भने पहिलो खेलमा इन्डोनेसियालाई हराएर आइसकेको छ।
  • इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एशियन गेम्स क्वालिफायर्स अन्तर्गत नेपाली महिला क्रिकेट टिमले आज आफ्नो पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ।

नेपालका लागि यो प्रतियोगिताको उद्घाटन खेल हो भने चीनले यसअघि नै इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी सुरुवात गरिसकेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसिया पठाएको छ, जसमा पूजा महतो उपकप्तान रहेकी छन्।

नेपाली टोलीमा इन्दु बर्मा, पूजा महतो, सिता राना मगर, रुबिना छेत्री, बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी र मनीषा उपाध्याय रहेका छन्। विजयी सुरुवात गर्ने लक्ष्यका साथ नेपाली चेलीहरू आज मैदान उत्रनेछन्।

यो समाचारमा

मलेसियाकाठमाडौँचीननेपाल क्रिकेट संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...