सीमामा पर्खाल वा काँडेतार लगाएर भए पनि भूमिको रक्षा गरौँ - सांसद तामाङ

Author

सजिलो पत्रिका

२०८३ असार ०१, सोमबार

8
Share
Featured
  • रास्वपा सांसद आशिका तामाङले नेपाल–भारत सीमा सुरक्षाका लागि आवश्यक परे पर्खाल वा काँडेतार लगाउन प्रस्ताव गरेकी छन्।
  • लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता जस्ता संवेदनशील सीमा क्षेत्रबारे तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकी छन्।
  • राष्ट्रको सार्वभौमिकता जोगाउन सीमा अतिक्रमणबारे छानबिन गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

सत्तारुढराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालभारत सीमा क्षेत्रको सुरक्षाका लागि आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रको सार्वभौमिकता जोगाउन आफ्नै भूभागको संरक्षण अनिवार्य रहेको बताइन्।

सांसद तामाङले लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता क्षेत्र नेपालको राष्ट्रिय स्वाधिनतासँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै सीमा विवाद समाधानका लागि तत्काल कुटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराइन्। विशेषगरी सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली नागरिकलाई धम्क्याएको र अतिक्रमण बढाएको समाचारप्रति चिन्ता व्यक्त गर्दै उनले यसबारे सरकारको आधिकारिक धारणा र आगामी रणनीति माग गरिन्।

"यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ," उनले भनिन्, "आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल लगाऔँ, नत्र काँडेतार भए पनि लगाएर सीमा सुरक्षित गरौँ।" उनले सीमासम्बन्धी सत्यतथ्य छानबिन गरी दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेकी छन्।

यो समाचारमा

आशिका तामाङनेपालराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ
भारत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    'रक्षा मन्त्रालयको बजेट पुस्तिका कहिले पाउने हो?' , अर्थमन्त्रीलाई हर्क साम्पाङको प्रश्न

    काठमाडौँ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले रक्षा मन्त्रालयको बजेट पुस्तिका संसदलाई उपलब्ध नगराई विनियोजन विधेयक पारित भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्हालेको रक्षा मन्त्रालयको बजेट विवरण सदनमा वितरण नगरिएको विषयमा सरकारको ध्यानाकर्षण गराए।बिहीबार मात्रै प्रतिनिधि सभाबाट विनियोजन विधेयक–२०८३

    Data is loading...

    Loading brands...

    Loading footer...