चार दिने चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनाल बेइजिङमा

Author

सजिलो पत्रिका

२०८३ जेठ ३१, आइतबार

2
Share
Featured
  • परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने चीन भ्रमणका लागि बेइजिङ पुगेका छन्।
  • भ्रमणका क्रममा उनले वाङ यीसहित चीनका उच्च अधिकारीहरूसँग नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहकार्यबारे वार्ता गर्नेछन्।
  • लगानी सम्मेलनमा सहभागी हुँदै चिनियाँ उद्यमीहरूसँग छलफल गर्ने तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए । 

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समय अनुसार आज अपराह्न त्यहाँ पुगेका हुन्। बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । 

परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्नुहुने दूतावासले जनाएको छ ।

चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम छ ।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो समाचारमा

चीनकाठमाडौँशिशिर खनालबेइजिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सपना पूरा गर्न विदेश जानुपर्ने बाध्यता अन्त्य हुन्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित 'राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३' लाई सम्बोधन गर्दै उनले युवा पलायन रोक्न सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ठोस सुरुवात गरेको दाबी गरे।अर्थमन्त्री वाग्लेले पछिल्लो दुई दशकदेखि युवाहरू बाध्य भएर विदेश जानुपरेको

    Data is loading...

    Loading brands...

    Loading footer...