भ्रष्टाचार छानबिनदेखि रोहिङ्ग्या फिर्तासम्मका मुद्दाले ततायो सदन

Author

सजिलो पत्रिका

२०८३ जेठ २८, बिहिबार

6
Share
Featured
  • प्रतिनिधिसभामा सांसदहरूले भ्रष्टाचारका पुराना काण्डको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
  • स्वास्थ्य, पूर्वाधार, उद्योग र वातावरणका विषय उठाउँदै विभिन्न जिल्लाका अस्पताल, प्रहरी चौकी, उद्योग तथा प्रदूषण नियन्त्रण सम्बन्धी मागहरू राखिएका छन्।
  • सांसदहरूले रोहिङ्ग्या समस्या, प्रकृति लम्साल हत्या प्रकरण, भूमिहीनको व्यवस्थापन र शिक्षा सुधार लगायतका सामाजिक तथा कूटनीतिक विषयमा पनि सरकारसँग पहल गर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।

बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन सरकारलाई सुझाव दिए। सांसद समीक्षा बास्कोटाले विगतका ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न माग गरिन्।

सांसदहरू शोभा खनाल र सुशील खड्काले क्रमशः गोरखा र बागलुङका अस्पतालमा उपकरण र जनशक्तिको अभाव रहेको भन्दै तत्काल व्यवस्था गर्न माग गरे। सांसद समिना मियाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। यस्तै, सांसद सोम शर्माले प्रहरी चौकीका भवनहरूको जीर्ण अवस्था सुधार्न ध्यानाकर्षण गराए।

सांसद सन्दीप रानाले पाल्पामा औद्योगिक विकासका नाममा भइरहेको वातावरणीय प्रदूषण नियन्त्रण गर्न माग गरे। सांसद स्मृति सेन्चुरीले दोलखाको खरीढुङ्गा म्याग्नेसाइट उद्योग पुनः सञ्चालन गर्न र बिगु गाउँपालिकाको फलाक नाका खोल्न आग्रह गरिन्। सांसद सुशीला ढकालले पनि देशका रुग्ण उद्योगहरू सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।

सांसद सरस्वती लामाले सुकुमवासी बस्ती हटाउँदा धार्मिक स्थलमा डोजर चलाइएकोमा विरोध गर्दै भूमिहीनको उचित व्यवस्थापन गर्न माग गरिन्। सांसद ज्ञानु पौडेलले भारतको उडिसामा हत्या गरिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गराउन कूटनीतिक पहल गर्न माग गरिन्। सांसद सुजाता तामाङले शिक्षालाई प्रकृति र कृषिसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गर्न सुझाव दिइन्।

बैठकमा सांसदहरूले संसद्को गरिमा कायम राख्न, अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन र शून्य समयमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयले तत्काल जवाफ दिने व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। एमालेका साजिदा खातुन सिद्धिकी, श्रीधर पोखरेल, सुम्निमा उदास र सुरेशकुमार चौधरीले पनि विभिन्न समसामयिक विषयमा धारणा राखेका थिए।

यो समाचारमा

प्रतिनिधि सभागोरखाकाठमाडौँसन्दीप राना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्र शाहीले भने– 'अर्थमन्त्रीले संसद्‍मा झुटो बोले'

    काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडी (ईभी) आयातमा भएको अर्बौँको कर छली र अनियमिततालाई ढाकछोप गरेको आरोप लगाएका छन्। बिहीबार संसद् बैठकमा बोल्दै शाहीले अर्थमन्त्रीले संसद्‍मा उभिएर झुटो बोलेको दाबी गरे।महालेखा परीक्षकको प्रतिवेदनलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै शाहीले ईभी गाडीहरूको मोटर क्षमतामा

    Data is loading...

    Loading brands...

    Loading footer...